+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोनाका बेला शिक्षालाई निरन्तरता दिन विश्व बैंकद्वारा सवा अर्ब अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १७:५८

१९ भदौ, काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि करिब एक अर्ब सत्ताइस करोड रुपैयाँ (एक करोड पचासी लाख अमेरिकी डलर) सहयोग सम्झौता सम्पन्न भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपाल-माल्दिभ्स-श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो रकम नोवेल कोरोना भाइरस (कोभिड-१९) संकटकाबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन खर्च गरिने सम्झौतामा उल्लेख छ ।

सहसचिव नेपालले अनुदान रकम महामारीले गर्दा प्रभावित बालबालिकाको सिकाइलाई निरन्तरता दिन र विद्यार्थी तथा शिक्षकमा परेको मनोवैज्ञानिक प्रभाव कम गर्न उपयोगी हुने बताए ।

नेपाल सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ अन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडिए) को १८ करोड ५० लाख अमेरिकी डलर कर्जा सहायता सहिता एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एडुकेसन, जापान अन्तराष्ट्रिय सहयोय एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित आरईएसिएच मल्टि डोनर ट्रस्ट लगायतसँग वित्तीय सहयोग लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?