Comments Add Comment

पर्सामा ५४ जना कोरोनामुक्त भएर घर फर्किए

१९ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित अस्थायी कोभिड अस्पताल र सामुदायिक आइसोलेसन सेन्टरहरुबाट ५४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

डिस्चार्ज भएकाहरुलाई अझै ७ दिन होम आइसोलेसनमा बस्न भनिएको छ ।

काठमाडौपछि सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लाको रुपमा रहेको पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ७१ जना पुगेको छ । कोरोनामुक्त भई घर फर्कनेको संख्या १ हजार ३ सय २७ पुगेको छ ।

वीरगञ्जमा भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । पर्सामा कोरोना संक्रमणबाटै मृत्यु हुनेको संख्या ३९ पुगेको छ । ७० बेडको अस्थायी कोभिड अस्पताल गण्डकमा ६० जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयूमा छन् ।

१ सय २० बेडको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ३७ जना उपचारत छन् । जसमध्ये १२ जना आईसीयूमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment