Comments Add Comment

सुआरेज युभेन्ट्स जाने

१९ भदौ, काठमाडौं । बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले इटालियन क्लब युभेन्ट्स जानका लागि सहमति जनाएका छन् । बीबीसी रेडियो फाइभ लाइभका पत्रकार गुइले बालागले यस बारे बताएको बीबीसीले जनाएको छ ।

सुबरेजले फ्रि ट्रान्सफरमा सिरी ए च्याम्पियन क्लबमा जान लागेका हुन् । यदि स्पेनिस क्लब बार्सिलोनाले रिलिजका लागि सहमति गरेमा सुआरेजका लागि युभेन्ट्सले केही रकम खर्च गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

उरुग्वेली फरवार्ड सुआरेजको सम्झौता अझै बार्सिलोनामा एक वर्ष बाँकी छ । तर यही उनले नयाँ सिजनमा ६० प्रतिशत खेल खेलेमा भने अर्को एक वर्षको लागि सम्झौता थपिनेछ ।

इटालियन मिडियाहरुले शुक्रबार प्रकाशित गरेको रिपोर्टअनुसार सुआरेजले इटलीमा खेल्न नागरितासम्बन्धी विवरण पनि पूरा गर्नुपर्नेछ । सुआरेजसँग उरुग्वेको पासपोर्ट रहेको र उनकी श्रीमतीको इटालियन पासपोर्ट रहेकोले स्पेनमा खेल्न पाएको बीबीसीले जनाएको छ ।

३३ वर्षीय सुआरेजको यस कदमले सहकर्मी लिओनल मेस्सीको भविष्यमा कुनै असर नपर्ने बताइएको छ ।

सुआरेज र मेस्सी अनि उनीहरुको परिवारको नजिकको सम्बन्ध रहेको छ । तर क्याम्प नोउमा बस्ने वा नबस्ने भन्ने मेस्सीको निर्णयमा उनको साथीहरुको कदमले कुनै असर नगर्ने बीबीसीले जनाएको छ ।

यदि सुआरेज इटलीको क्लबमा अनुबन्ध भए उनले मेस्सीको प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँगै एउटै टिममा खेल्नेछन् ।

सुआरेजले सन् २०१४ मा प्रिमियर लिग क्लब लिभपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका थिए । उनले क्याटलान क्लबका लागि २८३ खेलमा १९८ गोल गरेका छन् ।

बार्सिलोनामा मेस्सी सुबरेज र नेमारको जोडीले ठूलो सफलतासमेत हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment