Comments Add Comment

निषेधाज्ञाको समयमा होटलमा गएर जुवा ! व्यवसायी र नेता पक्राउ

१९ भदौ, स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण प्रशासनले सर्वसाधारणलाई भेला, जम्मा हुन र भिडभाड गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेशका कारण सामान्य नागरिक घरमै छन् ।

तर, स्याङ्याजाका केही व्यवसायी, नेता र बैंकमा काम गर्ने कर्मचारी भने निषेधाज्ञाको समयमा पनि होटलमा भेला भएर जुवा खेलिरहेको अवस्थामा बिहीबार पक्राउ परेका छन् । शुक्रबारदेखि भने जिल्लामा निषेधाज्ञा केही खुकुलो पारिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार बिहीबार वालिङ नगरपालिका–८, कटौजेमा विवेक तिवारीले चलाएको प्रसाद होटलमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । बोगटीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु जिल्लाका प्रतिष्ठित मध्येमा पर्छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा पक्राउ परेका व्यक्तिको साथबाट १ लाख ६७ हजार एक सय ७९ रुपैयाँ बरामद भएको बोगटीले बताए ।

उनका अनुसार पक्राउ परेका अभियुक्तहरुमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment