Comments Add Comment

रुसले बनाएको कोरोना विरुद्धको खोपमा उत्साहजनक नतिजा

कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ ।

चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकासित एक अध्ययन अनुसार रुसले बनाएको कोरोना भाइरस बिरुद्धको खोपले सकारात्मक संकेत देखाएको छ । रुसले तयार गरेको ‘स्पुतनिक–५’ नामक उक्त खोप मान्छेमा परीक्षण गरिएको थियो, जसमा कुनैपनि गंभीर हानी देखिएन । जति व्यक्तिमा यो खोप परीक्षण गरिएको थियो उनीहरु सबैका एन्टीबडी विकसित भएको पाइयो ।

रुसले पछिल्लो महिना कोरोना बिरुद्धको यस खोपलाई स्विकृति दिएको थियो । त्यसपछि विश्वभर यसबारे चर्चा–परिचर्चा भएको थियो । खोपको पहिलो चरणको परीक्षण कुल ७६ जनामाथि गरिएको थियो । ४२ दिनमा यसले राम्रो नतिजा दिएको छ । यस परीक्षणमा सहभागी सबै व्यक्तिमा २१ दिनभित्र एन्टीबडी विकसित भएको थियो । अध्ययनकर्ताका अनुसार दोस्रो चरणको परीक्षणबाट के थाहा भयो भने यस खोपले शरीरमा २८ दिनभित्र टि कोशिकार (किलर टि सेल्स) पनि बनायो ।

कसरी काम गर्छ यो खोपले ?

यो खोपको उदेश्य एन्टीबडी वा टी सेल विकसित गर्नु हो । रुसको गेमालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीको अध्ययनमा भनिएको छ कि जब यो खोप शरीरमा लगाइन्छ, तब स्पाइक प्रोटिन जेनेटिक कोड डेलिभरी गर्छ । स्पाइक प्रोटिन जेनेटिक कोडले नै भाइरसलाई पहिचान गरी हमला गर्नका लागि प्रतिरक्षा प्रणालीलाई प्रेरित गर्न मद्दत गर्छ । रुस स्थित महामारी र सुक्ष्म जीव विज्ञान गामेलिया राष्ट्रिय अनुसन्धान केन्द्रका वैज्ञानिक र अध्ययनका प्रमुख लेखक डेनिस लोगुनोवले भनेका छन्, ‘जब एन्टिभाइरस खोप शरीरमा प्रवेश गर्छ, तब भाइरस नष्ट गर्ने प्रोटिन पैदा गर्छ ।’

ट्रायलमा खोपलाई दुई किसिमको फर्मुलेशन प्रयोग गरिएको थियो । यी दुबै फर्मुलेशन खोपलाई ठूलो स्तरमा उत्पादन गर्नका लागि प्रयोग हुन्छ । यसमा एक थियो, फ्रोजन भर्सन र अर्को दुरदराजका लागि फ्रीज ड्राइड भर्सन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment