+
+
Shares

दाहसंस्कार गरेको भोलिपल्ट कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २० गते १७:५१

२० भदौ, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ का ४५ वषर्ीय पुुरुषको विराट मेडिकल कलेजमा शुक्रबार मृत्यु भयो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो । कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको भए पनि रिपोर्ट आइसकेको थिएन ।

शुक्रबार दिउँसो आफन्तले शव लैजान खोजेपछि जनप्रतिनिधिलाई जानकारी गराएर दिइएको कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिए । शनिबार दिउँसो उनकेा रिपोर्ट पोजेटिभ आएको छ ।

मृतकको अन्तिम संस्कारमा गएका १२-१३ जना मलामीको कोरोना जाँच गरिने बुढीगंगा गाउँपालिका ५ का वडा सदस्य इन्द्रनारायण माझीले बताए ।

१३ भदौमा न्यूरो अस्पताल विराटनगरले पनि पथरी शनिश्चरे २ का ६१ वर्षीय पुरुषको शव रिपोर्ट नआउँदै आफन्तको जिम्मा लगाएको थियो । शव घर लैजादै गर्दा पोजेटिभ रिपोर्ट आएपछि नेपाली सेनाले बीचबाटोबाटै लिएर व्यवस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?