Comments Add Comment

नेशन्स लिग : पोर्चुगल, बेल्जियम, फ्रान्स र इंग्ल्याण्ड विजयी

२१ भदौ, काठमाडौं । युइएफ नेशन्स लिगमा साविक विजेता पोर्चुगलले शानदार सुरुवात गरेको छ । पोर्गुलसँगै फ्रान्स बेल्जियम र इंग्ल्याण्डले पनि विजयी सुरुवात गरेका छन् ।

लिग ए को समूह ३ मा पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियालाई ४-१ ले पराजित गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिनै खेलेको पोर्चुगलका लागि जाओ क्यानसेलो डिएगो जोटा जाओ फेलिक्स र आन्द्रे शिल्भाले गोल गरे । क्रोएसियाका लागि ब्रुनो पेटकभिकले एक गोल फर्काए ।

यस्तै यसै समूहको अर्को खेलमा विश्वकप विजेता फ्रान्सले स्वीडेनलाई १-० ले पराजित गरेको छ । फ्रान्सको लागि किलिएन एमबाप्पेले एक गोल गरे । नटोनी ग्रीजमन भने पेनाल्टीमा गोल गर्न चुके ।

यसैगरी लिग ए को समूह २ अन्तर्गत खेलमा बेल्जियमले डेनमार्कलाई २-० ले पराजित गरेको छ । बेल्जियमका लागि जासोन डेनाए र ड्राइज मर्टेन्सले एक एक गोल गरे ।

यही समूहको अर्को खेलमा इंग्ल्याण्डले आइसल्याण्डलाई १-० ले हरायो । इंग्ल्याण्डको जितमा खेलको अन्तितिर रहिम स्टर्लिङ पेनाल्टीमा गोल गरे । इन्जुरी टाइममा आइसल्याण्डले पनि पेनाल्टी पाए पनि बिरकिले गोल गर्न सकेनन् ।

दुवै टोलीले १० खेलाडीमा रहेर खेल सकाएका थिए । इंग्ल्याण्डका काएल वाल्कर र आइसल्याण्डका इन्गासन रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment