
२१ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।
ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।
यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4