Comments Add Comment

कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?

२१ भदौ, काठमाडौं । रुसका विपक्षी नेता एक्लेक्सी नाभाल्नीलाई अहिले जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले उनी कोमामा छन् र उनका डाक्टरले उनलाई ‘नोविचोक नर्भ एजेन्ट’ नामक विष दिइएको बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य आलोचकको रुपमा रहेको ४४ वर्षीय नाभाल्नीको स्वास्थ्य अवस्था गत महिना साइबेरियाबाट मस्को आउँदा बिग्रिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै विमानको बाटो परिवर्तन गरेर रुसको ओम्स्क सहरमा आपतकालीन अवतरण गराइएको गियो ।

त्यसपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ । वास्तवमा त्यो दिन के भएको थियो त ? यस विषयमा बीबीसीले उक्त विमानमा रहेका चालक दलका सदस्य र मेडिकल टोलीसँग अन्तर्वार्ता गरेर दुई घण्टामा कसरी नाटकीय रुपमा अवस्था परिवर्तन भयो भन्ने कुराको जानकारी लिने प्रयास गरेको छ ।

त्यस दिन बिहान के भयो ?

घटना अगष्ट २० को हो । एलेक्सी नवेनलीले रुसको टोम्स्क सहरबाट मस्कोको विमान समातेका थिए । उनी एस–७ एयरलाइन्सबाट मस्को जाँदै थिए । बिहान उनले केही खाएका थिएनन् । नवेनलीकी प्रेस सेक्रेटरी कीरा यार्मिशका अनुसार उनले फ्लाइटभन्दा पहिला केवल एक कप चिया पिएका थिए, जुन उनले टोम्स्क विमानस्थलमा किनेका थिए । फ्लाइटमा यात्रा गरिरहेका अन्य एक यात्री इल्या अगीवले फ्लाइटभन्दा एक घण्टा पहिला उनी चिया पिउँदै गरेको देखेका थिए । अगीवका अनुसार नाभाल्नी त्यतिबेला सामान्य देखिएका थिए । उनी रमाइलो गरिरहेका थिए र विमानस्थलमा उनलाई चिन्ने मानिसहरुसँग मुस्कुराइरहेका थिए ।

टोम्स्कमा उडान शुरु हुनुभन्दा आधा घण्टा पहिला नाभाल्नीको अस्वस्थ महसुस गर्न थाले । विमानमा चालक दलका सदस्यहरु यात्रीहरुलाई पानी दिइरहेका थिए तर नवेनलीले पानी लिएनन् । केही समयमा नै उनी आफ्नो स्थानबाट उठेर शौचालयतर्फ अघि बढे ।

फ्लाइटका अर्का एक यात्री पनि शौचालय जान चाहन्थे तर नाभाल्नी २० मिनेटदेखि शौचालयमा थिए । केही समयमा नै शौचालय बाहिर प्रतीक्षा गर्ने मानिसहरु बढे त्यतिबेलासम्म चालक दलका सदस्यहरुलाई विमानका एक यात्रुको अवस्था ठीक छैन भन्ने कुरा थाहा भइसकेको थियो ।

त्यसको केही समयमा नै फ्लाइटमा कोही डाक्टर छन् ? भनेर सोधियो । त्यसपछि अन्य यात्रुहरुले भने केही गम्भीर समस्या छ भन्ने कुरा बुझिसकेका थिए । चालक दलका सदस्यहरुले पाइलटलाई यसअघि नै यस विषयमा जानकारी दिइसकेका थिए । साथै नाभाल्नीलाई विमानमा पनि मेडिकल सहायता दिने प्रयास शुरु भएको थियो ।

जानकारहरुका अनुसार नाभाल्नीलाई नोविचोक नर्भ एजेन्ट दिइएको थियो । जर्मन डाक्टरहरुले पनि यही विष दिइएको दाबी गरेका थिए । उनीहरुको दाबीलाई सत्य मान्ने हो भने विमानस्थलमा नाभाल्नीले बान्ता गरेको भए अन्य मानिसहरुलाई पनि यसको असर देखिन सक्थ्यो

विमानमा घोषणा गरिएपछि एक महिलाले आफू नर्स भएको भन्दै अगाडि आइन् । त्यसपछि करिब एक घण्टासम्म महिला नर्स र विमानका चालक दलका सदस्यहरुले नाभाल्नीलाई होसमा ल्याउने प्रयास गरिरहे । एस–७ एयरलाइन्सका अनुसार विमान आपतकालीन अवतरण नगराउञ्जेलसम्म उनीहरुले यो प्रयास जारी राखे । उनी कुरा गरिरहेका थिएनन्, चिच्याइरहेका थिए ।

सर्गेई नेगेनेट्स पेशाले एक वकिल हुन् । उनी विमानको नाभाल्नीको उपचार भइरहेको ठाउँ नजिकै सिटमा बसेका थिए । उनले भने, ‘जब फ्लाइट अटेन्डेन्टले सोधे कि विमानमा कोही डाक्टर छ ? त्यसपछि मेरो ध्यान त्यसतर्फ मोडियो ।’

केही मिनेटपछि पाइलटले ओम्स्क सहरमा अवतरित हुन गइरहेको घोषणा गरे । उडान मस्कोको थियो । एक यात्रीको स्वास्थ्यमा समस्या देखिएको कारण यस्तो गर्न गइरहेको पाइलटले बताएका थिए ।

‘विमानबाट बाहिर आएपछि मैले ट्वीटर हेर्दा उनको प्रवक्ताको पोस्ट देखेँ, त्यसपछि मैले बिरामी पर्ने व्यक्ति नाभाल्नी रहेछन् भन्ने थाहा पाएँ,’ सर्गेई भन्छन्, ‘फ्लाइटमा नाभाल्नी चिच्याइरहेका थिए । उनी निकै ठूलो पीडामा भएको जस्तो लाग्थ्यो । उनी विमानको चालक दलका सदस्य बस्ने ठाउँमा भुइँमा सुतेका थिए । उनी यति पीडामा थिए कि उनको मुखबाट कुनै शब्द निस्किरहेको थिएन, केवल चिच्याइरहेका थिए ।’

सुर्गेई आफूले त्यहाँ के भइरहेको छ भनेर देख्न भने नसकेको केवल आवाज मात्र सुनेको बताए । विमानमा उनी चिच्याउनुले धेरै मानिसहरुलाई कमसेकम बिरामी जीवित त छन् भनेर धेरैलाई सन्तोष पनि लागेको हुन सक्ने उनले बताए ।

सर्गेई भन्छन्, ‘उनकी सहायक निकै डराएकी थिइन् । उनलाई के भएको हो भनेर सोध्दा उनले सायद कसैले विष दिएको हुन सक्छ भन्ने जवाफ दिएकी थिइन् ।’

एयरलाइन्स कम्पनीका अनुसार चालक दलले ओम्स्कमा आपतकालीन ल्यान्डिङको अनुमति मागेसँगै अनुमति दिइएको थियो । करिब ३० मिनेटमा विमानको रुट परिवर्तन गरेर ओम्स्क सहरमा अवतरण गरिएको थियो । यद्यपि चालक दलका सदस्यहरु निरन्तर झ्यालबाट बाहिर हेरिरहेका थिए र बादलको कारण सामान्य अवस्थामा भन्दा लामो समय लागिरहेको बताउँदै थिए ।

सर्गेईका अनुसार नाभाल्नीले पानी पिउन सकिरहेका थिएनन् । उनले विमानमा बान्ता पनि गरेनन् । ओम्स्क विमानस्थलका प्रमुख डाक्टर वासिली सिदोरसकले उनलाई जुन विष दिइएको थियो, त्यो उनको पेटमा नै रहेको पुष्टि गरे ।

जानकारहरुका अनुसार नाभाल्नीलाई नोविचोक नर्भ एजेन्ट दिइएको थियो । जर्मन डाक्टरहरुले पनि यही विष दिइएको दाबी गरेका थिए । उनीहरुको दाबीलाई सत्य मान्ने हो भने विमानस्थलमा नाभाल्नीले बान्ता गरेको भए अन्य मानिसहरुलाई पनि यसको असर देखिन सक्थ्यो ।

ओम्स्कको समयअनुसार बिहान ९ बजे विमान अवतरण भयो । सर्गेईका अनुसार दुई मिनेटभित्र नै एयरपोर्टको मेडिकल टिक विमान पुगे र नाभाल्नीलाई हेर्नेबित्तिकै उनीहरुले बिरामीलाई आफूहरुले हेर्न नसक्ने र तत्काल आईसीयूमा लैजानुपर्ने बताए । त्यसपछि १० मिनेटमा एम्बुलेन्स आयो र त्यसमा हालेर उनलाई अस्पताल लगियो ।

विमानस्थलका प्रमुख डाक्टर वासिली सिदोरसले आफूले व्यक्तिगतरुपमा उनको उपचार नगरेको बताए । यद्यपि विमानस्थलका मेडिकल टोलीले गरेको प्रयासले उनलाई केही सहयोग भने पुगेको बताए । दुई घण्टामा नाभाल्नीको स्वास्थ्यमा ठूलो परिवर्तन आइसकेको थियो ।

सिदोरसले भने, ‘सबैभन्दा चिन्ताको कुरा उनी कुरा गर्न सकिरहेका थिएनन् । त्यसैले उनलाई कुनै अस्पतालमा पठाइनु निकै जरुरी थियो ।’

नाभाल्नीलाई अस्पताल लगेपछि विमानमा इन्धन भरियो र बाँकी यात्रु बोकेर विमान मस्कोतर्फ उड्यो । सर्गेई नेगेट्स भन्छन्, ‘जब हमी मस्कोको विमानस्थलमा ओर्लियौँ, केही प्रहरी र सोतो कपडा लगाएका मानिसहरु विमानमा चढे ।’

‘उनीहरुले यात्रहरुसँग नाभाल्नीसँगैको सिटमा को–को बसेका थिए भनेर सोधे र सबैलाई विमानमा नै बस्न भने । बाँकी यात्रुलाई भने विमानबाट ओरालियो । नाभाल्नी विमानको बीच भागमा बसेका थिए । उनी १० औं वा ११ औं पंक्तिमा बसेका थिए । केही यात्रुहरुले प्रहरी विमानमा आउनुलाई आश्चर्यको रुपमा हेरेका थिए । किनकी उनीहरुले यो विषय आपराधिक पनि हुन सक्छ भनेर सोचेका थिएनन् ।’

‘नाभाल्नीलाई नोविचोक दिइएको थियो’

करिब दुईदिनसम्म ओम्स्कको अस्पतालमा नाभाल्नीलाई पोइजनिङ डिपार्टमेन्टमा राखिएको थियो । शुरुमा अस्पतालले नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार गरेको थियो । उनको अवस्था नाजुक रहेको र उनलाई बाहिर पठाउनु घातक हुने अस्पतालको तर्क थियो ।

तर, २२ अगष्टमा उनलाई एक चार्टेड एयर एम्बुलेन्सबाट जर्मनीको बर्लिन लगिएको थियो । त्यसको दुई दिनपछि जर्मन डाक्टरहरुले उनको रगत परीक्षण गरेर उनलाई विष दिइएको पुष्टि गरेका थिए ।

यद्यपि ओम्स्क इमरजेन्सी अस्पतालका डाक्टर र टोक्सिकोलोजी विभागका प्रमुख पनि नाभाल्नीको शरीरमा कुनै विष भएको प्रमाण नभेटिएकोमा अडिग थिए । उनीहरुले मेटाबोलिक डिसअर्डरको कारण नाभाल्नी बिरामी परेको हुन सक्ने बताएका थिए ।

यस विषयमा प्रतिक्रिया माग्दा ओम्स्क अस्पतालको व्यवस्थापनले प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment