
२१ भदौ, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका एक उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा प्रदेश प्रहरी कार्यालयका दुई जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयकी एसएसपी किरण रानाले अनलाइनखबरलाई बताइन् । तर, संक्रमित व्यक्तिबारे भने खुलाइनन् ।
अर्का एक सुरक्षा अधिकृतले भने प्रदेश प्रहरीका उच्च प्रहरी अधिकृतमा संक्रमण देखिएको पुष्टि गरेका छन् ।
प्रदेश प्रहरी गणबाट स्याङ्जा गएर फर्किएको टोलीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि प्रदेश प्रहरी कार्यालयमा कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4