Comments Add Comment

सबै सरकारी ल्याबमा पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने

२१ भदौ, काठमाडौं । अब सरकारी प्रयोगशालाहरुले पनि सःशुल्क कोरोना परीक्षण गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी ल्याबले सरकारी मापदण्डमा नपरेकाहरुसँग शुल्क लिएर परीक्षण गर्न पाउने निर्णय गरेको हो । यसका लागि चाहिले भीटीएम, रिएजेन्ट अस्पताल वा ल्याब आफैंले किन्नुपर्नेछ ।

दैनिक परीक्षण गर्ने नमुनाको ५० प्रतिशतसम्म सःशुल्क समावेश गर्न पाइने मन्त्रालयले जनाएको छ । यसअघि तीन वटा सरकारी ल्याबलाई मात्र सःशुल्क टेष्ट गर्ने अनुमति दिइएको थियो भने अरु निजी ल्याबहरुले सशुल्क परीक्षण गर्दै आएका थिए ।

सरकारले सःशुल्क परीक्षणमा ४ हजार रुपैयाँसम्म लिन पाउने भनेर यसअघि नै तोकेको छ । तर केही सरकारी ल्याबले २ हजार २०० रुपैयाँ परीक्षण शुल्क तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment