Comments Add Comment

एक खेलअघि नै इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

२२ भदौ, काठमाडौं । इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ ।

आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाबै सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा २ रनको जित हात पारेको इंग्ल्याण्डले २-० को अग्रता लिएको छ ।

साउथह्याम्पटनको रोज बलमा भएको खेलमा अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डलाई जित दिलाउन ओपनर जोस बट्लरले अविजित रहदै ७७ रन बनाए । यस्तै डेविड मालनले ४२ रन जोडे । मोइन अली १३ रनमा अविजित रहे । अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए ।

यस्तै ग्लेन म्याक्सवेलले २६, एस्टन अगरले २३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड एदिल राशिदले १-१ विकेट लिए ।

तेस्रो तथा अन्तम खेल मंगलबार हुनेछ । टी-२० सिरिजपछि अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको ओडिआई सिरिज हुनेछ । सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment