Comments Add Comment

अवकाश प्राप्त कर्मचारीको सेवासुविधा भुक्तानी अब कोलेनिकाबाट

२२ भदौ, काठमाडौं । सेवाबाट अवकास प्राप्त सरकारी (निजामती, प्रहरी तथा जंगीलगायत) कर्मचारीको अवकासपछिको सेवा सुविधा भुक्तानी अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)हरुबाट हुने भएको छ । यअअघि यस्तो भुक्तानी सम्बन्धित कार्यालयबाटै हुने गरेको थियो ।

उपमहालेखा नियन्त्रक भेष प्रसाद भुर्तेलका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ बाट भने सेवाबाट अवकाश भएका सरकारी कर्मचारीको अवकाशपछिको भुक्तानी हुने उपदान, सञ्चित बिदा तथा औषधि उपचारतर्फको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने गरी अख्तियारी प्राप्त भएको छ ।

खर्चमा एकरुपता ल्याउने तथा लेखा राख्न सहज हुने भन्दै यो वर्षबाट कोलेनिकाले यस्तो अख्तियारी पाएको हो । भुर्तेलका अनुसार अर्को व्यवस्थाप नभएसम्म कोलेनिकाहरुबाटै अवकास प्राप्त कर्मचारीले अवकाशपछिको भुक्तानी लिनु पर्ने भएको छ ।

नेपालका सबै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना भएका छन् । अब सम्बन्धित कार्यालयका कार्यालय प्रमुख र लेखा प्रमुखले आवश्यक कागजात प्रमाणित गरेर कोलेनिकामा पत्र लिएर गएपछि मात्र कर्मचारीले भुक्तानी पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment