Comments Add Comment

यस्ता खानपानले कलेजोलाई हानी 

हाम्रो शरीरको अंग स्वस्थ्य हुनुपर्छ, जसले आफ्नो कार्यसंचालन ठीक ढंगले गर्न सक्छ । चाहे त्यो मुटु होस् वा मृगौला, चाहे त्यो फोक्सो होस् वा कलेजो । सबै अंग स्वस्थ्य हुनुपर्छ । यद्यपी हाम्रो कतिपय खानपान र आनीबानीले यी अंगहरुमा असर पु¥याइरहेको हुन्छ । त्यस्ता बानी हटाइएन भने उक्त अंगमा क्षति पुग्छ ।

जस्तो कलेजोको कुरा गरौं । यदि कलेजो स्वस्थ्य छ भने त्यसले रगतमा सुगर र वोसो फ्याट जम्न दिदैन । तर, हाम्रो खानपान र आनीबानीले कलेजोमा नोक्सान पु¥याइरहेको हुन्छ ।

चिनीको सेवन

कलेजोले चिनीलाई बोसोमा बदल्ने काम गर्छ । धेरै चिनी खाइयो भने कलेजोको काममा भार पर्छ । र, अतिरिक्त बोसो कलेजोमा जम्न पुग्छ । यसले कलेजो ड्यामेज हुन सक्छ ।

पेन किलर

धेरै मात्रामा वा लामो समयसम्म प्यारासिटामोल वा पेनकिलर्स सेवन गर्दा कलेजो खराब हुन सक्छ ।

मदिरा

धेरै रक्सीको सेवन गर्दा शरीरमा टक्सिनको मात्रा बढ्छ । यो टक्सिन कलेजोमा जम्मा हुन्छ र त्यसलाई असर पु¥याउँछ ।

कम निन्द्रा

निन्द्रा पुरा हुन पाएन भने पनि कलेजोले ठीक ढंगले काम गर्न पाउँदैन । यस्तो अवस्थामा कलेजोमा फ्याट जम्मा हुन्छ र यसले कलेजोमा नोक्सान पु¥याउँछ ।

कोल्ड ड्रिंक

कोल्ड ड्रिंकमा कृतिम चिनी र रंग मिसाइएको हुन्छ । यसले कलेजोमा वोसो जम्मा हुन्छ ।

जंक फूड

नियमित मात्रामा अस्वस्थ्यकर खानेकुरा जस्तै बर्गर, स्यान्डविच, पिज्जा जस्ता खानाले शरीरमा न्युट्रिशनको कमी हुन्छ । यसले कलेजोमा निकै असर पु¥याउँछ ।

धुमपान

चुरोटमा केहि टक्सिन केमिकल हुन्छ, जसले कलेजो कोषमा हानी गर्छ ।

धेरै सप्लिमेन्ट्स

चिकित्सकको सल्लाह बिना सप्लिमेन्ट् लिनु, खासगरी धेरै मात्रामा भिटामिन ए लिनु कलेजोको लागि हानिकारक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment