Comments Add Comment

सीपीएल : ट्रिनबागो र जुक्स फाइनलमा

२४ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० को आठौं संस्करणको उपाधिका लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्ने भएका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा ट्रिनबागोले नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाहजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । ट्रिनबागोले १०८ रनो लक्ष्य १५ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । यस सिजन सन्दीपले भने यस खेलमा विकेट लिन सकेनन् । उनले ४ ओभरमा २९ रन खर्चिए ।

यस्तै अर्को लो स्कोरिङ सेमिफाइनलमा जुक्सले पूर्वच्याम्पियन गाएना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै ट्रिनबागोसँग उपाधि भेट पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गाएना १३.४ ओभरमा ५५ रनमा अलआउट भएको थियो । ५६ रनको लक्ष्य जुक्सले ४.३ ओभर खेल्दै पूरा गरेको हो ।

फाइनल खेल बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment