Comments Add Comment

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने क्यान महासंघको माग

२४ भदौ, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण लगाइएको निषेधाज्ञा र लकडाउनले गर्दा गरिखाने वर्ग अफ्ठ्यारोमा परेको भन्दै महासंघले यस्तो माग गरेको हो ।

लगातारको निषेधाज्ञाले व्यावसायीको मनोबल घटेको महासंघद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेलाई कडा कारबाहीको व्यवस्था गरी व्यवसाय सञ्चालनको वातावरण मिलाउन क्यान महासंघ सरकारलगायत सम्पूर्ण सरोकारवालाहरूसँग आग्रह गर्दछ’ महासचिव नारायण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

निषेधाज्ञाका कारण आर्थिक गतिविधि सञ्चालन ठप्प रहेका बेला २५ गतेभित्र कर विवरण र भुक्तानी नगर्नेलाई जरिवाना व्यवस्था व्यवहारिक नभएको उनीहरूको दाबी छ ।

गत चैतदेखि लकडाउन र निषेधाज्ञा जारी गरे व्यवसायमा रोक लगाए पनि कोरोना महामारी नियन्त्रणमा नआउनुले आशंका जन्माएको विज्ञप्तिमा उल्लेख छ ।

‘बन्दाबन्दी कोभिड–१९ नियन्त्रणको प्रभावकारी उपाय हो भन्नेमा शंका देखिन थालेको छ’ महासंघले भनेको छ, ‘यसरी महामारी पनि नियन्त्रण नहुने र व्यवसाय पनि सञ्चालनमा नगर्ने हो भने देशको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने पक्का छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment