+
+
Shares

वैशाखयता विपदका घटनामा ३४६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १४:४२
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् ।  विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी ४९ जना बेपत्ता छन् भने १९१ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीका घटनामा हालसम्म ११ जना घाइते भएका छन् ।

यसैगरी चट्याङ लागेर ५७ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?