+
+
Shares

खानेपानी संस्थान पोखराका प्रशासन सहायक घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १६:२८

२५ भदौ, काठमाडौं । कास्कीको पोखरास्थित नेपाल खानेपानी संस्थानमा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्ले घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वाग्लेलाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

खानेपानी उपभोग गरेबापतको शुल्क तिर्न जाँदा विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा आयोगको टोलीले पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगरस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको अधिकारीले बताए । वाग्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?