+
+

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भेरी अञ्चल अस्पताललाई तीन लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १८:२९

२५ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई तीन लाखको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगलेे भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको काेभिड अस्पताल बनाउन सहयोग पुग्ने साथै काेभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्नेछ ।

उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांगि्रला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खडकाले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्तरण गरे ।
उक्त उदघाटन कार्यक्रममा प्रदेश. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?