Comments Add Comment

धिरजको जन्मदिनमा जसिताको यस्तो शुभकामना

नायक धिरज मगर र नायिका जसिता गुरुङ नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्दैछन् । हुनत, यो चलचित्र बन्ने भनेकै लामो समय भयो । कहिले बन्छ, पक्का छैन । जसिता र धिरजको रोमान्टिक जोडीलाई डान्सिङ कथामा प्रस्तुत गर्ने तयारी निर्देशक रेनशा वान्तवा राइको छ ।

धिरज र जसिता चलचित्र क्षेत्रमा आउनु अगाडि एक अर्काको प्रेममा थिए भन्ने खबर पनि सार्वजनिक नभएको होइन । तर, यो बिषयमा यी दुइले केही पनि बोलेका छैनन् ।

नायक धिरज मगरले सेप्टेम्बर १० अर्थात बिहिबार आफ्नो जन्मदिन मनाए । उनको जन्मदिनमा नायिका जसिता गुरुङले शुभकामना व्यक्त गर्दै लेखिन्–‘स्टे गोल्ड’ ।

जसिताले धिरजलाई सुन जस्तै रहन भन्दै शुभकामना दिइन् । उनले, धिरजसँगको २ वटा तस्वीर पनि शेयर गरेकी छिन् । जसिता र धिरजको जोडीलाई चलचित्रको पर्दामा हेर्न दर्शक आतुर छन् । तर, चलचित्रको निर्माण कहिलेबाट सुरु हुन्छ पक्का छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment