Comments Add Comment

यातायात व्यवसायी र मजदुर नेतालाई मन्त्रीले भने : सरकारले राहत दिन सक्दैन

२६ भदौ, काठमाडौं । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् ।

अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ ।

त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चारबुँदे माग राखेका छन् ।

असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरुले बताएका छन् ।

जवाफमा मन्त्री नेम्वाङले पनि कि काम गर्न देऊ, नभए माम देऊ भन्ने माग जायज भएको बताएका छन् । ‘तर सरकार राहत दिनसक्ने अवस्थामा छैन भन्नुभयो’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ।

मन्त्री नेम्वाङले व्यक्तिगत रुपमा आफू पनि गाडी चलाउन दिनुपर्छ भन्नेमा रहेको भन्दै भनेका छन्, ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अर निकाय पनि छन् । चर म तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पुर्‍याउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment