Comments Add Comment

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको छ ।

अब, रियालाई २२ सेप्टेम्बरसम्म जेलमा नै रहनुपर्ने हुन्छ । रियाको साथमा शोविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दिपेश सावन्त, सैमुअल मिरान्डाको जमानत आग्रहलाई पनि अदालतले खारेज गरिदिएको छ ।

फैसला सुनाउने क्रममा न्यायधिश जेवी गुरवले यो गम्भिर अपराध भएको र यसको जाँच आवश्यक भएको बताएका थिए ।

रियालाई ड्रग्सको मुद्दामा सेप्टेम्बर ८ मा एनसीबीले गिरफ्तार गरेको थियो । रियाका वकिल सतिस मानसिन्देले अदालतको निर्देशनको कपि हात परेपछि नयाँ कदम चाल्ने प्रतिक्रिया भारतीय मिडियालाई दिएका छन् । उनका अनुसार, अब रियाले उच्च न्यायलयमा अपिल गर्नेछिन् ।

सुशान्त सिंह राजपुतको निधनपश्चात यसको छानविन प्रक्रिया अगाडि बढिरहेको छ । सुशान्तको निधन भएको ८४ दिनपछि रियालाई ड्रग्स सेवन गरेको, ड्रग्स खरिद गरेर सुशान्तलाई दिने गरेको आरोपमा पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment