+
+
Shares

एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २७ गते ११:१३

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् ।

आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत उनले लगाएका छन् ।


आज रावलले ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

रावलले थप लेखेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका छन् । यद्यपि रावलले सुरुदेखि नै एमसीसी हुबहु पारित गरे राष्ट्रघात हुने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?