Comments Add Comment

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

२८ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आइतबार बिहान ७ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ की २० वर्षीया महिला र वडा नं. ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष पनि संक्रमित भएका स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment