Comments Add Comment

करिश्माको प्रश्न–‘यो उमेरमा प्रेमको प्रश्नमा के जवाफ दिउँ ?’

नायिका करिश्मा मानन्धर ४८ बर्षको भइन् । तर, उनी आज पनि फिट छिन् । करिश्माको सुन्दरताको चर्चा त चलचित्र क्षेत्रमा सधै हुन्छन् । आफूलाई मेन्टेन राख्ने कुरामा करिश्माबाट अरु कलाकारले धेरै कुरा सिक्नुपर्दछ ।

उनै, करिश्मा मानन्धर आजको दिनमा कहिलेकाही प्रेमको प्रश्नमा घेरिन्छिन् । ‘तपाई फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे, भन्ने प्रश्न बारम्बार आउँदा करिश्मा भन्छिन्–‘म जुन क्षेत्रमा काम गर्छु, त्यहाँ विभिन्न मानिसहरुसँग संगत हुन्छ । कतिसँग नजिक पनि भइन्छ । यो उमेरसम्म आइपुग्दा पनि अन्तरवार्ताहरुमा यो प्रश्न आउँछ । म एक विवाहित महिला हुँ, परिवारमा बस्छु, बिहे गर्ने उमेरकी छोरी छिन् । अब यस्तो प्रश्न को के जवाफ दिउँ ?’

करिश्माले आफूसँग नाम जोडिएका पुरुषलाई भने त्यो प्रश्न नसोधिएको बताइन् । उनले, आफ्नो श्रीमान् विनोद मानन्धर र परिवारको त इज्जत गर्नुपर्ने हो भन्दै असन्तुष्टी पोखेकी छिन् । करिश्माले दर्शकलाई यस्तो प्रश्नले रमाइलो हुन्छ होला र भनेर पनि प्रश्न गरेकी छिन् ।

करिश्माले आजका दर्शकहरु धेरै स्मार्ट भैसकेको पनि उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment