Comments Add Comment

५ महिनामा नेपाल भित्रिए ६०३ जना विदेशी पर्यटक

२८ भदौ, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको यात्रा प्रतिवन्ध र लकडाउनका कारण पछिल्लो विगत चैतयता पर्यटक आगमन बन्द छ । तर, यो अवधिमा समेत काम विशेषले नेपाल आउने विदेशी पर्यटकको संख्या भने ६ सय ३ जना पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्रालयका अनुसार अपि्रल २०२० देखि अगष्ट २०२० सम्मको ५ महिनामा हवाईमार्ग प्रयोग गरी उक्त संख्यामा विदेशी नागरिक नेपाल आएका हुन् ।

सेप्टेम्बरपछि भने विदेशी नागरिकको आगमन बढ्दैछ । किनकी १ सेप्टेम्बरबाट सरकारले संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोग र विकास साझेदार संघ संस्थाका कर्मचारी र उनीहरुको परिवारका लागि नेपाल आगमन खुला गरेको छ । यसरी आउने मानिसहरुले स्वास्थ्य प्रोटोकल भने पालना गर्नुपर्छ ।

पर्यटक आगमन ९९.९ प्रतिशत कम

पछिल्लो ५ महिनामा नेपाल आएका विदेशीको संख्या सन् २०१९ को यसैअवधिको तुलनामा भने ९९.९ प्रतिशत कम हो । सन् २०१९ को अपि्रलबाट अगष्टसम्म कुल ४ लाख २ हजार ९ जना पर्यटक नेपाल आएका थिए ।

हवाई मार्ग प्रयोग गरी नेपाल प्रवेश गर्ने सबै विदेशीलाई नेपालले पर्यटक मान्ने गरेको छ । सन् २०२० को अगष्ट महिना मात्र २ सय ६५ जना विदेशी नेपाल आएका छन् ।

गत वर्ष सन् २०१९ मा ६८ हजार ४ सय ८२ जना विदेशी नेपालमा आएका थिए । मन्त्रालयका अनुसार कोभिड-१९ को महामारीका कारण आन्तरिक तथा बाहृय आवागमनका लागि हवाई तथा स्थल यातायातका साधन बन्द भएकाले यसको प्रत्यक्ष प्रभाव पर्यटक आवागमनमा परेको हो ।

पर्यटक आवागमनमा आएको कमीका कारण नेपालमा सेवा व्यापार समेत खस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment