Comments Add Comment

एम्बुलेन्स दुरुपयोग गरे दर्ता खारेज गरिदिने सरकारको चेतावनी

२८ भदौ, काठमाडौं । सरकारले बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा एम्बुलेन्सको दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुरुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने बताए ।

कोरोना महामारी रोकथामका लागि भनी सरकारले हाल लामो दुरीको सार्वजनिक यातायात बन्द गरेको छ । काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लाले आफ्नो सीमा क्षेत्रमा आवतजावत बन्द गरेको छ ।

यसै बिरामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शुल्क लिएर सर्वसाधारण मानिस ओसार पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment