
२८ भदौ, जनकपुरधाम । महोत्तरीमा हुकिङ गरेर विद्युत प्रयोग गर्न खोज्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निपासी प्रभु खत्बेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
७८ वर्षीय खत्बेलाई आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।
मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4