Comments Add Comment

रेडपाण्डाको छालासहित बाँकेमा ५ जना पक्राउ

२८ भदौ, काठमाडौं । बाँकेमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका-६ का ३२ वर्षीय कृष्ण वली, वडानम्बर ९ का २८ वर्षीय ईन्द्रबहादुर नेपाली, सुर्खेतको भेरीगंगा नगरपालिका-५ का ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश वि.क र वडनम्बर १२ का ३६ वर्षीय देवबहादुर बाँठा रहेका छन् ।

बैजनाथ गाउँपालिका वडानम्बर १० स्थित गगन थारुको रेष्टुरेण्टमा रेडपाणडाको खरिद बिक्री भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट रेडपाण्डाको नग्रा, दाँतसहित एक थान छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ईन्द्रबहादुरले जाजरकोटका लोकेश सिंहबाट एक लाख रुपैयाँमा खरिद गरेर ल्याएको खुलेको छ । त्यसपछि ईन्द्रले कृष्ण दिएको, कृष्णले गणेशलाई र गणेशलगायतले सुर्खेतको छिन्चुबाट ४ लाखमा बिक्री गर्न भनी बाँके ल्याएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिम यसरी तस्करी गर्नेलाई १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment