+
+
Shares

नगर प्रहरीमा हाछेथुको पहिलो अभियान : ग्यारेजमुक्त फुटपाथ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १२:४४

२९ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले (सडकपेटी) फुटपाथ  अतिक्रणविरुद्ध अभियान सुरु गरेको छ । नगर प्रहरी बलको प्रमुखमा नियुक्त भएलगत्तै पूर्व ट्राफिक प्रहरी निरीक्षक समेत रहेका सिताराम हाछेथुले पसल-कबल लिएर फुटपाथमा समान थुपर्नेविरुद्ध कारवाही अभियान सुरु गरेका छन् ।

हाछेथुका अनुसार पहिलो चरणमा ललितपुर महानगरभित्र रहेका ग्यारेजहरुबाट फुटपाथ अतिक्रमण हटाउन सुरु गरिएको हो ।

ललितपुर महानगरपालिकाले नेपाल अटोमेकानिक्स व्यवसायी संघलाई पत्र लेख्दै अटो वर्कसपमा काम गर्दा सडकमा सवारी र फुटपाथमा बटुवाहरुलाई बाधा पर्ने गरी नगर्न अनुरोध गरेको छ ।

अब त्यसरी व्यवसाय सञ्चालन नगर्न महानगरको नगर प्रहरी बलले संघको ध्यानकर्षण गराएको छ । यदि अटेरी भए कारवाही गरिने पत्रमा उल्लेख छ ।

हाछेथुका अनुसार संघका अध्यक्षलाई नै बलोाएर यस विषयमा आफ्ना सदस्य वर्कसपहरुलाई सजग गराउन भनिएको छ ।

ललितपुरमा करिब ३ सय वटा वर्कसप सञ्चालनमा रहेको अनुमनान छ । धेरैजसो वर्कसपले सानो सटर लिएर वर्कसप चलाउने र बाइकहरु फुटपाथमा यत्रतत्र पार्किङ गराउने गरिएको पाइएको हाछेथुले बताए ।

‘फुटपाथमै मर्मतको काम चलिहरेको छ, अस्तब्यस्त तरिकाले फुटपाथमा वर्कसप चलाउँदा नगरको सौन्दर्यता पनि बिग्रिएको छ,’ उनले भने । नगर प्रहरीले नियम उल्लंघन गरे वर्कसप सञ्चालकलाई नियन्त्रणमा लिएर १० हजार जरिवाना गर्ने बताएको छ ।

हाछेथुका अनुसार दोस्रो चरणमा फुटपाथबाट निर्माण समाग्री हटाउने अभियान सुरु गरिनेछ । अहिले ललितपुरमा निर्माण सामग्रीहरु फुटपाथमा राखेर बेच्ने प्रचलन झांगिएको  छ । त्यसलाई पनि हटाउने नगर प्रहरी बल ललतपुरले जनाएको छ ।

‘फुटपाथमा साना -साना व्यापार गरेर गुजारा गरिरहेकाहरुलाई यो महामारीका बेलामा थप दुःख नदिउँ भन्ने लागेको छ,’ उनले भने,’परिस्थिति सहज बन्दै गएपछि फुटपाथमा बसेर ब्यापार गर्नेलाई पनि हटाउँदै जाने हो ।’

उनले फुटपाथमा नागरिकलाई हिँड्न मुस्किल नपर्ने वातावरण अभियानमा नगर प्रहरी बल लाग्ने बताए । यसका लागि स्थानीय समुदायलाई पनि साथमै लिएर अभियान चलाइने हाछेथुले बताए ।

‘अब नगरभित्रका सहरी व्यवस्था सम्बद्ध साना-साना समस्यामा नगर प्रहरी आफैं खटिन्छ,’ उनले भने,’सडकमा खाल्डो परे सडक विभागसँग हामी नै समन्वय गर्छौं, पोल ढल्न लागे प्राधिरकणलाई हामी नै जानकारी दिएर बनाउँछौं, नगरिकले नगरप्रहरीसँग सहकार्य गर्न सक्ने वातावरण बनाउँछौं ।

हाछेथुले विगतका गतिविधिले नगर प्रहरीप्रति नकारात्मक धारणा रहेको भन्दै अब ललितपुरबाट नगर प्रहरीको छवी सुधार्ने गरी काम गर्ने दृढता व्यक्त गरे ।  उनले शहरी सुव्यवस्था कायम गराउन महानरपालिकाले बनाएको नीति तथा कार्यक्रम अनुसार दिइएका जिम्मेवारी पुरा गर्न कसर बाँकी नराख्ने पनि बताए ।

हाछेथुले शहरलाई बस्न योग्य बनाउने भूमिका खेल्न नगर प्रहरीको ठूलो भूमिका हुने भन्दै सांस्कृतिक शहर ललितपुरको मौलिकता जोगाउनेदेखि यहाँको जीवनयापनलाई सहज बनाउन स्थानीय प्रहरीका रुपमा चरणबद्ध रुपमा कामहरु गर्ने योजना बनाइएको बताए ।

‘क्रमशः हामी योजनाअनुसार काम गर्छौं,’ उनले भने,’यसका लागि सामुदायिक प्रहरी र अन्य निकायसँग पनि हाम्रो सहर्का बाक्लो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?