Comments Add Comment

बालबच्चाको बारेमा अनमोल भनाईहरु

हामी भन्छौं, बालबालिका भनेको काँचो माटो हुन् । उनीहरुलाई जस्तो स्वरुपमा पनि बदल्न सकिन्छ । यद्यपि उनीहरुलाई कस्तो स्वरुपमा बदल्ने ? यसका लागि अभिभावकसँग त्यही कुशलता वा सीप हुनुपर्छ, जसले उनीहरुलाई एक सुन्दर रचनाको रुपमा बनाउन सकोस् । वालबच्चा राम्रो हुनु वा नराम्रो हुनु, सक्षम हुनु वा असक्षम हुनु, सफल हुनु वा असफल हुनुमा धेरै हदसम्म आमाबुवा र घर परिवार जिम्मेवार हुन्छन् ।

तर, जब बच्चाले भनेजस्तो सफलता हासिल गर्दैनन्, प्रगति गर्दैनन्, सम्पूर्ण दोष उनीहरुमाथि थोपरिन्छ । आमाबुवाले आफैमाथि प्रश्न गर्दैनन् कि, हामीले कहाँ गल्ती ग¥यौं ? किनभने कुनैपनि बच्चा आफैमा कमजोर हुँदैनन् । हरेक बच्चा विशेष हुन्छन् । तर, उनीहरुको रुची, खुबी, गुण, क्षमता आदि पहिचान गरेर सोही अनुरुपको वातावरण मिलाइदिनु आमाबुवाको पहिलो दायित्व हो ।

–बच्चा हाम्रो सबैभन्दा मूल्यवान प्राकृतिक संसाधन हो ।

–बच्चालाई सिकाउनु आवश्यक छैन, के सोच्ने भनेर । बरु सिकाउन जरुरी कसरी सोच्ने ?

–बच्चाको प्रेमिल मुस्कान हेर्न चाहनुहुन्छ भने बिना कारण पनि मुस्कुराउनु जरुरी छ ।

बच्चाबाट जीवनका लागि उपयोगी यी तीन गुण सिक्न सकिन्छ । १. बिना कुनै कारण खुसी हुन । २. सधै उत्सुक र उत्साहित हुन । ३. मनको कुरा धक नमानी व्यक्त गर्न ।

–बच्चाको आँखामा केवल दुनियाँको सात चिज मात्र आश्चर्यजनक हुँदैन । उनीहरुको आँखामा हरेक कुरा आश्चर्यजनक हुन्छ ।

–बच्चा एक सजीव सन्देश हुन्, जसलाई हामी त्यो समयका लागि पठाउन सक्छौं, जुन समय हामीले देख्न पाउने छैनौं ।

–परम आनन्दको स्थितिमा रहनु बच्चाको प्रकृति हो ।

–बच्चासँग बच्चा हुन सिकौं ।

–बच्चालाई सफल होइन, सक्षम बनाउने हो । जब उनीहरु सक्षम हुन्छन्, सफलताले उनीहरुलाई पच्छ्याउन थाल्छ ।

–हामीले बच्चालाई आफ्नो इच्छा र आकंक्षा अनुरुप बनाउने होइन । बच्चाको रुची, क्षमता, गुणलाई बुझेर त्यही अनुसार उपयुक्त वातावरण तय गरिदिने हो ।

–बच्चाको अनुकरणिय गुण के भने, जुनसुकै कुल, वंश, खानदानमा जन्मिए पनि बच्चाले सबैप्रति समान व्यवहार र दृष्टिकोण राख्छन् ।

–जब हामी बच्चालाई जीवन र जगतको सन्दर्भमा उपदेश दिइरहेका हुन्छौं, तब हाम्रो बच्चाले बताइरहेका हुन्छन् कि असलमा जीवन के हो ?

–कसैले पनि अहिलेसम्म बच्चाको आत्ममा लुकेको सहानुभूति, दया र उदारताको खानी देखेनन् ।

–बच्चाको प्रेमिल मुस्कान हेर्न चाहनुहुन्छ भने बिना कारण पनि मुस्कुराउनु जरुरी छ ।

–वालापन प्रकृतिले मान्छेलाई दिएको अनमोल उपहार हो ।

–हामीलाई के कुराको चिन्ता हुन्छ भने, मेरो बच्चा भोलि के बन्नेछ । तर, हामी भुलिरहेका हुन्छौं कि बच्चा आज पनि खास केही  हुन् ।

–हरेक बच्चामा आफ्नै विशिष्ठ स्वभाव र खुवी हुन्छ । उनीहरुलाई अरुसँग तुलना नगरौं ।

–बच्चाको जीवन सहज बनाइदिने चक्करमा उनलाई असक्षम बनाउने गल्ती नगरौं ।

–एक बच्चालाई आफुमा भएको ज्ञान र सीपमा मात्र सीमित नगरौं । किनभने उनी तपाईंको कालखण्डका लागि होइन, अर्को समयका लागि जन्मिएका हुन् ।

–एक व्यक्तिले आफ्नो बच्चा एवं सन्ततीका लागि सबैभन्दा महान विरासत छाड्न सक्छ । तर, त्यो तपाईंले कमाएको धन–दौलत हेइन, बरु चरित्र र संस्कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment