+
+
Shares

महेन्द्रनगरमा कुमारी बैंकको कोरोनासम्बन्धी सचेतना कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १८:४१

२९ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि महेन्द्रनगर बजारमा सामाजिक सचेतनामुलक कार्यक्रम गरेको छ ।

कञ्चनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीसमेतको उपस्थितिमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले जनचेतनामूलक कार्यक्रम गरेको हो ।

बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजेदेखि सुरु भई चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं., ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर बजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिलाई एक हजार थान मास्क तथा १ सय ५० थान हयान्ड स्यानिटाइजर वितरण गरेको सुदूरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले बताए ।

उनले कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता बिबिध सचेतनामूलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पूर्वसावधानीका सन्देश दिएको बताए ।

खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रम अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराए । कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा एटिएम संचालनमा रहेको छ भने देशभर १ सय ८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा र १ सय ८ एटीएम संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरू अपनाई बैंकिङ सेवाहरू दिँदै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?