Comments Add Comment

नक्कली प्रेस कार्ड बनाउने एक जना आइसोलेसनमा, तीन जना छुटे

Photo Credit : सांकेतिक तस्वीर

३१ भदौ, काठमाडौं । नक्कली प्रेस कार्ड बनाएको अभियोगमा पक्राउ परेका तीन जना धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रशासनको आदेशपछि बर्दियाका श्रीराम खड्का, नवलपुरका रमेशकुमार रेग्मी र स्याङ्जाका राजेन्द्र भण्डारी छुटेकाे एसएसपी दिपक थापाले बताए । मुख्य आरोपित बागबजारस्थित कालिका प्रिटिङ प्रेसका सञ्चालक लक्ष्मण न्यौपाने भने आइसोलेसनमा छन् ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ । निको भएपछि उनको अभियोगमाथि सुनुवाई हुने जनाइएको छ ।

यसअघि २२ भदौमा बागबजारबाट १० वटा नक्कली प्रेस आईडी कार्डसहित चार जनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको थियो ।

उनलाई पक्राउ गर्न गएका दुई जना प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment