+
+
Shares

वायुसेवा सञ्चालकले सरकारलाई भने-आधा मात्र यात्रु राखेर सेवा दिन सकिन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १६:४३

३१ भदौ, काठमाडौं । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान दोहोर्‍याएका छन् ।

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

‘५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयमा हाम्रो असहमति छ, अन्य विषयमा समस्या होइन, यात्रुको संख्यामा सहमति भए ५ असोजबाट भने जहाज उडाउन व्यवसायी तयार देखिएका छन्,’ समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले भने, ‘भाडा बढाउने निर्णयमै हाम्रो असहमति हो, किनकी यात्रुलाई मार पारेर हामी व्यवसाय अगाडि बढाउन सक्दैनौं ।’

यसअघि सरकारले मंगलबार १ असोजबाट हवाई उडान खुल्ने बताएको थियो । तर, मन्त्राालयले मंगलबार नै वायुसेवा कम्पनीहरुलाई बुधबार छलफलका लागि गरिएको आमन्त्रणमा भने मन्त्रिपरिषद्बाट ५ असोजबाट उडान गर्ने उल्लेख छ ।

यसरी पटकपटक फरक-फरक निर्णयले वायुसेवा सञ्चालक नै अन्यौलमा परेको व्यवसायीले बताएका छन् । सोहीअनुसार वायुसेवा सञ्चालकहरुले आजै अहिलेकै अवस्थामा सेवा सञ्चालन गर्न नसक्ने व्यहोराको पत्र दर्ता गर्दैछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?