+
+

मुख्यमन्त्रीकी श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन्

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते २१:४५

३१ भदौ, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् ।

आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी खड्काले बुधबार जिल्ला अदालतसमक्ष गरेको कागजमा भनेकी छिन्, ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।’

मुख्यमन्त्री राईविरुद्ध मुद्दा लगाउने खड्का पनि नेकपाकै कार्यकर्ता हुन् । उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए । तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए ।

आफूमाथि गलत आरोप लगाएको भन्दै मुख्यमन्त्री राईले खड्काविरुद्ध तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेको तर, प्रहरीले यसबारे छानविन प्रक्रिया अघि नबढाएको गुनासो राईले गर्दै आएका थिए ।

खड्काले अदालतमा दिएको निवेदन र अदालतको आदेश ।
खड्काले मुद्दा फिर्ता लिएको निवेदन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?