Comments Add Comment

विश्व एथ्लेटिक्सका पूर्वअध्यक्ष लामिने डिएकलाई जेल सजाय

१ असोज, काठमाडौं । विश्व एथ्लेटिक्सको गभर्निङ बडिका पूर्वप्रमुख लामिने डिएकलाई भ्रष्टाचारमा दोषी पाएपछि जेल चलान गरिएको छ ।

८७ वर्षीय सेनेगली लामिने डिएकले रसियन डोपिङ स्क्यान्डलसँग जोडिएको भ्रष्टाचार र मनी लाउन्डरिङको आरोपको सामना गर्नुपरेको थियो ।

डियाकलाई डोपिङ टेष्ट गरेका खेलाडीहरुको डोपिङ ढाक्न खेलाडीहरूबाट घुस लिने गरेको आरोप लगाइएको थियो र २०१२ लन्डन ओलम्पिकसहित अन्य प्रतियोगितामा उनीहरूलाई प्रतिस्पर्धा गर्न दिइएको थियो ।

उनलाई चार वर्ष जेल सजाय सुनाइएको थियो, तीमध्ये दुई वर्ष निलम्बित थिए । डियाकका वकिलहरूले भने त्यो फैसलाविरूद्ध अपिल हुने बताएका छन् र उनीहरूले यस फैसलालाई अनुचित र अमानवीय भनेका छन् ।

डिएकलाई ५ लाख युरोसम्मको जरिवाना पनि लगाइएको छ । फ्रान्सेली अधिकारीहरूले चार वर्षको अनुसन्धानले डिएकले आफूले गरेको गल्तीलाई ढाकछोप गर्नका लागि ३ मिलियनभन्दा बढी युरो समेत दिएको जनाएको छ ।

न्यायाधीशले उनका कार्यहरूले एथलेटिक्सको मूल्य र डोपिङविरूद्ध लडाइँलाई हानी पुर्‍याएको जनाएका छन् ।

डिएक नोभेम्बर २०१५ देखि पेरिसमा नजरबन्दमा थिए ।

डिएक यसअघि विश्व खेलकुदको सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक थिए । उनलाई सन् २०१५ मा ब्रिटेनका लर्ड कोएले प्रतिस्थापन गरेका थिए ।

लामिने डिएकका छोरा पापा मासाता डिएकलाई सन् २०१६ मा एथ्लेटिक्सबाट आजीवन प्रतिबन्ध लगाइएको थियो । पापा मासातालाई ५ वर्षको जेल र एक लाख युरो जरिवाना सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment