+

बार्सिलोनाको जितमा मेसीको दुई गोल

२०७७ असोज  १ गते ९:५५ २०७७ असोज १ गते ९:५५
बार्सिलोनाको जितमा मेसीको दुई गोल

१ असोज, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले ला लिगा अघि प्रि सिजनमा लगातार दोस्रो मैत्रीपूर्ण खेल जितेको छ ।

कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोजनाले गिरोनालाई ३-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले पनि एक गोल गरे ।

योहान क्रफ स्टेडियममा भएको खेलमा काउटिन्होले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमै गिरोनाका साइजले गोल गरेका थिए ।  तर मेसीले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाएका थिए ।

स्पानिस ला लिगाको नयाँ सिजन सुरु भइसकेपनि पनि बार्सिलोनाले पहिलो खेल खेल्न बाँकी छ । क्याटलान क्लबले भियारियालसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

बार्सिलोना मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय