
काठमाडौं । नयाँ आइफोन ल्याउने पूर्वानुमानलाई गलत सावित गर्दै एप्पलले बुधबार आफ्नो नयाँ संस्करणको आइप्याडसँगै एप्पल वाच पनि सार्वजनिक गर्यो ।
एप्पलले यो पटक सार्वजनिक गरेको आइप्याड एयर उसको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आइप्याड हुनेछ ।
उक्त नयाँ आइप्याड एयरमा ए१४ बायोनिक चिप हुनेछ, जुन एप्पलको अहिलेसम्मकै आइप्याडमा भएको मध्ये सबैभन्दा शक्तिशाली प्रोसेसर हो । अल स्क्रिन डिजाइनमा रहेको यो आइप्याडको टप बटनमा टच आइडी सेन्सर रहेको छ । एप्पलले बुधबार नै लञ्च गरेको आइप्याड अपरेटिङ सिस्टम आइप्याडओएस १४ प्रयोग भएको यो नयाँ आइप्याड एयर बारेमा जान्नैपर्ने १० तथ्य यस्ता छन् :
- नयाँ आइप्याड एयर दुईवटा स्टोरेज मोडेलमा आउनेछ । एउटा मोडेलमा ६४ जिबी र अर्कोमा २५६ जिबी स्टोरेज रहनेछ ।
- वाइफाइ कनेक्टिभिटी मात्र रहेको आइप्याड एयरको मूल्य अमेरिकामा ५ सय ९९ डलर तोकिएको छ भने वाइफाइ तथा सेलुलर कनेक्टिभिटी सहितको आइप्याढ एयरको मूय ७२९ डलर रहेको छ ।
- नयाँ आइप्याड एयर सिल्भर, स्पेस ग्रे, रोजगोल्ड, ग्रिन तथा स्काइ ब्लु गरी पाँचवटा रङमा उपलब्ध हुनेछ ।
- नयाँ आइप्याडमा १०.९ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ जसमा उज्यालोमा नटल्किने एन्टि रिफ्लेक्टिभ लेपन हुनेछ ।
- ए १४ बायोनिक चिपका कारण नयाँ आइप्याड एयर अहिलेसम्मकै फास्ट आइप्याड हुनेछ । उक्त प्रोसेसरका कारण प्रयोगकर्ताहरुले आइप्याडमै फोर के भिडियो समेत इडिट गर्न सक्नेछन् । उक्त चिपका कारण आइप्याढ एयरको सिपियू क्षमतामा ४० प्रतिशत तथा ग्राफिक्समा ३० प्रतिशतले बढोत्तरी भएको दाबी गरिएको छ ।
- एप्पलका अनुसार ए १४ बायोनिक चिपमा नयाँ १६ कोर न्यूरल इन्जिन रहेको छ, जसले प्रति सेकेण्ड ११ ट्रिलियन अपरेसन्स गर्न सक्दछ । उक्त चिपमा ११ अर्ब ८० करोड ट्रान्जिस्टर्स प्रयोग भएका छन् ।
- एप्पलका अनुसार नयाँ आइप्याड विभिन्न ३० मुलुक तथा क्षेत्रहरुमा एप्प्ल डट कम तथा एप्पल स्टोरहरु मार्फत् आगामी अक्टोबर महिदेखि बजारमा उपलब्ध हुनेछ ।
- आइप्याड एयरमा युएसबी सी पोर्ट रहेको छ जसले ५ गिगाबाइट प्रति सेकेण्डको दरमा डाटा ट्रान्सफर गर्न सक्नेछ ।
- नयाँ आइप्याड एयरमा ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ, जसमा फेसटाइम एचडी प्रविधि रहेको छ । मुख्य क्यामरा चाहीँ १२ मेगापिक्सेलको रहेको छ । उक्त क्यामरा मार्फत उच्च रिजोलुसन युक्त फोटोहरु तथा फोर के भिडियो समेत रेकर्ड गर्न सकिन्छ ।
- नयाँ आइप्याडलाई म्याजिक किबोर्ड, स्मार्ट किबोर्ड फोलियो तथा एप्पल पेन्सिलबाट पनि चलाउन सकिन्छ ।
-एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4