+
+

नारायणी अस्पतालको ओपीडी सेवा पुनः सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १४:०३
फाइल तस्वीर

१ असोज, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा ओपीडीसहितको जनरल सेवा पुनः सुरु भएको छ । पर्सा जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएका कारण बिहीबारदेखि ओपीडी सेवा सुचारु गरिएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पताललमा कार्यरत स्वास्थ्यकर्मी र अन्तरंग विभागमा भर्ना भएका विरामीमा समेत कोरोना संक्रमण देखिएपछि साउन ९ गतेबाट नारायणीमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो । अस्पतालमा प्रसुति लगायतकेही अत्यावश्यक सेवा भने यसअघिदेखि नै सुचारु गरिएको थियो ।
वीरगञ्जमा लामो समय निषेधाज्ञा कायम रहेको, कोरोना संक्रमणबाट मानिसको मृत्यु समेत हुन पुग्दा सर्वसाधरणले सावधानी अपनाउँदा संक्रमण घटेको चिकित्सकहरुको बुझाइ छ ।

स्वास्थ्य सुरक्षा सतर्कताका अपनाउँदै प्रत्येक विभागमा २५/२५ जना बिरामी हेर्नेगरी ओपीडी सेवा सुचारु गरिएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

‘नियमित ओपीडी सेवा सुरु गरेका छौं । प्रत्येक विभागको २५/२५ वटा टिकट काटेर ओपीडि सेवा सुरु गरिएको हो,’ प्रवक्ता डाक्टर चौरसियाले भने, ‘एक सातासम्म परिस्थिति मुल्याङ्कन गर्ने र संक्रमणको स्थिति हेरेर आवश्यक निर्णयहरु गर्दै जानेछौं ।’

नारायणी अस्पतालमा नाककान घाँटी, सर्जरी, हाडजोर्नी, छाला, स्त्री तथा प्रसुति, मेडिसिन, आँखा, बाल रोग लगायतका ओपीडी सेवा सञ्चालनमा छ । पहिलो लहरको संक्रमण घटेपछि अस्पतालमा बढी भिडभाड हुन पुगेको थियो । जसले गर्दा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचाररत बिरामीमा समेत संक्रमण देखिएको थियो ।

‘संक्रमणलाई पनि विचार गर्नुपर्ने छ, सेवा पनि दिनुपर्ने छ ।’ प्रवक्ता चौरसियाले थपे ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित कम भेटिएकोले पर्सामा सुखद संकेत देखिएको छ । लक्षण केहि छैन भने पीसीआर नगर्ने रणनीतिक लिईएको कोभिड– १९ महामारीमा खटिएका अधिकारीहरु बताउँछन् । बुधबार २ सय ९० जनामा गरिएको पीसीआर परीक्षणमा १९ जनामा देखिएको छ ।

नारायणी अस्पतालले ओपिडी सहितको जनरल सेवा लामो समयसम्म बन्द गर्दा सर्वसाधरण मर्कामा परेको गुनासो आईरहेको थियो । वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पर्सा, बारा, रौतहटका मात्रै नभएर छिमेकी मुलुक भारबाट समेत सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?