Comments Add Comment

नेपाललाई ५५ मोडलका बिजुली बस बेच्न ४१ आपूर्तिकर्ता तयार

१ असोज, काठमाडौं । सरकारले विद्युतीय बस किन्ने प्रक्रियामा ढिलाइ गरेको छ । सरकारले गत असार ८ गते एक सार्वजनिक सूचना निकालेर विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग उपलब्ध विद्युतीय बसबारे ‘जानकारी’ मागेको थियो ।

जसमा विभिन्न ४१ कम्पनीले आफूले नेपालमा उपब्ध गराउन सक्ने बिजुली बसहरुको जानकारी दिएका थिए । त्यसमध्ये अधिकांश चिनियाँ ब्रान्डका बस उत्पादक तथा आपूर्तिकर्ताहरु नेपाल आफ्ना बस नेपाललाई बेच्न इच्छुक देखिएका छन् ।

४१ ब्रान्डले ५५ वटा मोडलका बसहरुबारे सरकारलाई जानकारी गराएका छन् । यसरी सरकारलाई बस बेच्न इच्छुक कम्पनीहरुमा चीन, अष्ट्रेलिया, भारतदेखि मलेसियासम्मका छन् ।
अब मन्त्रालयले उपयुक्त स्पेसिफिकेसन बनाएर विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ । मन्त्रालयले तयार गरेको एक फम्र्याटमा बस उत्पादक र आपूर्तिकर्ताले जानकारीहरु दिएका हुन् ।

अब त्यसका आधारमा नेपाली सडकलाई उपयुक्त हुने गरी स्पेसिफिकेसन तयार गरिने मन्त्रालयका एक अधिकारीले बताए । स्पेसिफिकेसन तयार गरेपछि बस किन्न बोलपत्र आहृवान गर्ने योजना रहेको ती अधिकारीले बताए ।

पहिलो लटमा कति बस किन्ने भनेर टुंगो लाग्न बाँकी छ । कोभिडको महामारीका कारण बस किन्ने प्रक्रिया अघि बढाउन जटिलता आएको मन्त्रालयको भनाइ छ ।

सरकारले सार्वजनिक प्रयोजनमा ३ सय वटा बिजुली बस किन्न २०७५ पुसमा निर्णय गरेको थियो । त्यसका  लागि गत साल नै ३ अर्ब रकम छुट्याएर साझा यातायातको जिम्मा लगाइएको थियो ।

साझा यातायातले स्पेसिफिकेसन बनाउँदा बनाउँदै ढिलाइ गरेको अभियोग लगाएर गत माघको पहिलो साता बसेको मन्त्रिपरिषद बैठकमार्फत रकम ब्याजसहित फिर्ता मागिएको थियो ।

त्यसपछि बस किन्ने जिम्मेवारी यातायात मन्त्रालयलाई दिइएको थियो । बन्दै गरेको स्पेसिफिकेसन शंकास्पद भएको भन्दै सरकारले बस किन्ने प्रक्रियाबाट साझालाई हटाएको थियो । तर, माघ पहिलो सातामै यस्तो निर्णय गरेको सरकारले पनि यो प्रक्रिया द्रुत गतिमा अघि बढाएको छैन ।

यी हुन् इच्छुक कम्पनी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment