१ असोज, काठमाडौं । गत आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको सफल शल्यक्रिया भएको छ ।
काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भण्डारीको बिहीबार सफल शल्यक्रिया भएको क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले जनाएको छ ।
सिप्यानले बिहीबार विज्ञप्ती जारी गर्दै डाक्टर चक्रप्रसाद पाण्डे र उनको टिमले सफल रुपमा ललितको शल्यक्रिया गरेको जनाएको हो । उनको दायाँ हात र दायाँ खुट्टाको शल्यक्रिया गरिएको हो । हाल उनको अवस्था सामान्य रहेको सिप्यानले जनाएको छ ।
सोमबार काठमाडौं ल्याइ ग्राण्डीको आईसीयुमा उपचार सुरु गरिएका ललितको तीन दिनपछि आज शल्यक्रिया गरिएको हो ।
आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई धनगढीको निसर्ग अस्पताल र बाँकेको कोहलपुर मेडिकल कलेजमा सामान्य उपचारपछि काठमाडौं ल्याइएको हो ।
प्रतिक्रिया 4