Comments Add Comment

संकटसँगै जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आयो : मन्त्री ज्ञवाली

१ असोज, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईवटा संकटलाई सामान गरेर जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका हुन् ।

व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर स्वास्थ्य जेसुकै होस भनेर अगाडि बढ्ने अवस्थामा पनि अघि बढ्ने अवस्थामा नरहेको उनले बताए । तर स्वास्थ्य संकट एकदमै बढ्यो अर्थतन्त्र जेेसुकै होस भन्ने अवस्थामा पनि नरहेको मन्त्री ज्ञवालीको भनाइ छ । यस्तो दुई कठिन संकटलाई सन्तुलनका साथ अघि बढ्नुपर्ने उनले बताए ।

कोरोना महामारीको संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएकाले अर्थतन्त्रमा संकट बढ्दै गएको मन्त्री ज्ञवालीले बताए ।

लाखौंको रोजगारी गुमेको, दैनिक ज्याल मजदुरी गर्नेहरु संकटमा परेको, बैंकबाट ऋण लिएर पेसा व्यवसाय गर्नेहरुलाई ठूलो संकट परेको बताए । पेसा व्यवसाय नभएपछि राजस्व पनि नउठने भएकाले मुलुकको अर्थतन्त्रमा चाप पर्ने मन्त्री ज्ञवालीले बताए ।

यी संकटलाई समाधान गरेर अगाडि पर्नेबेला आएकाले आजबाट अर्थतन्त्रलाई खुल्ला गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment