
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
बिहीबार भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।
‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ’, उनले भिडियो सन्देशमा भने । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका थिए ।
होम आइसोलेसनमा रहेका कोइराला ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4