१ असोज, काठमाडौं । १७ सेप्टेम्बर २०० मा लिओनल मेसी बार्सिलोना आइपुगेका थिए ।
उनी आफ्नो बुवासँगै पहिलो पटक बार्सिलोना पुग्दा युवा अर्जेन्टाइनको सपना बार्सिलोनासंग सम्झौता गर्नु थियो ।
यो सजिलो प्रकिया थिएन तर अन्त्यमा दुई पक्ष सहमतिमा पुगे र मेसी क्लबको जुनियर टिममा भर्ना भए ।
त्यहाँबाट उनी विश्वकै उत्कृष्ट फुटबल खेलाडी बने । यो २० वर्षमा उनले बार्सिलोनाबाट सबैजसो उपाधि जिते । टिमको रुपमा र व्यक्तिगत रुपमा पनि ।
रोसारियोबाट त्यो दिन उडेपछि मेसीले आफ्नो सपना पूरा गरेका छन् र ठूला च्याम्पियनसमेत बनेका छन् ।
मेसीले सन् २००४ मा १७ वर्षको उमेरमा फ्रान्स रिजकार्डको अन्डरमा डेब्यु गरे । अर्को वर्ष उनले अल्बासेटेविरुद्ध पहिलो गोल गरे ।
त्यसपछि मेसीलाई अगाडि बढ्न कुनै समय लागेन । सन् २००७ मा उनले म्याराडोना शैलीमा गोल गरे । त्यसपछि मेसीले ट्रफी जित्न थाले । पेप गार्डिओलाले सन् २००८ मा क्याम्प नोउ क्लब सम्हालेपछि मेसीले ट्रफी जित्न थालेका हुन् । सन् २००९ मा बार्सिलोनाले ६ ट्रफी जित्यो । मेसीले आफ्नो पहिलो बालोन डे ओर अवार्ड जिते ।
रियल मड्रिडविरुद्ध उसैको मैदान स्टाडियो सान्टियागो बर्नाबेउमा ६-२ को शानदार जित हात पार्दा मेसीले फल्स ९ को रुपमा खेले । त्यसपछि पनि मेसीको करियर उकालो लागिरह्यो ।
उनले २०११ र २०१५ मा दुई च्याम्पियन्स लिग ट्रफी जिते । ला लिगामा समेत बार्सिलोनाले राज गर्यो । २०१५ देखि २०१९ सम्म ६ सिजनमा बार्सिलोनाले ५ पटक ला लिगा जित्यो ।
तर समयसंगै क्लबसंग मेसीको सम्बन्ध चिसियो र मेसी क्लब छाड्ने मनस्थितिमै पुगिसकेका थिए । तर अन्तिम समयमा मेसीले क्लबमै बस्ने निर्णय गर्दै आफ्ना समर्थकलाई खुशी बनाएका छन् । मेसीको सम्झौता २०२१ सम्म रहेको छ ।
३३ वर्षीय मेसी बार्सिलोना र ला लिगा सर्वाधिक गोलकर्तासमेत हुन् ।
मेसीले ला लिगामा ४४४ गोल गरेका छन् । यस्तै उनले बार्सिलोनाका लागि ७३१ खेलमा ६३४ गोल गरेका छन् । यस्तै च्याम्पियन्स लिगमा ११५ गोल गरेका छन् ।
मेसीले क्लब र देशका लागि कूल ८६९ खेलमा ७०४ गोल गरेका छन् ।
मेसीले बार्सिलोनाबाट खेल्दै १० पटक ला लिगा ६ पटक कोपा डेल रे ४ पटक च्याम्पियन्स लिग ७ पटक स्पेनिस सुपर कप ३ पटक युईएफए सुपर कप र ३ पटक क्लब वर्ल्डकपको उपाधि जितेका छन् ।
मेसीले ६ पटक बालोन डे ओ र ६ पटक युरोपियन गोल्डेन बुटको उपाधिसमेत जितेका छन् ।
बार्सिलोनाका लागि मेसीले गरेको गोल
ला लिगा : ४४४
च्याम्पियन्स लिग : ११५
कोपा डेल रे : ५३
स्पानिस सुपर कप : १४
क्लब विश्व कप : ५
युरोपियन सुपर कप : ३
प्रतिक्रिया 4