१ असोज, काठमाडौं । फुटबलको सर्वोच्च संस्था (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर सन् २०२६ विश्वकपको बारेमा छलफल गरेका छन् । २०२६ को विश्वककप अमेरिकाकासाथै मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुनेछ ।
सन् २०१८ मा फिफा सदस्य राष्ट्रहरुले २६ बिडलाई विश्वकप आयोजकको रुपमा छनोट गरेको थियो । जसले १३४ मत पाएको थियो भने प्रतिस्पर्धी मोरक्कोले ६५ मत मात्र पाएको थियो ।
इन्फान्टिनो र ट्रम्पले संयुक्त राज्य अमेरिकामा फिफा मुख्यालयको स्थापना गर्ने विषयका साथै विश्वकपको तयारीको समीक्षा गरेका थिए ।
अमेरिकाले अन्तिम पटक १९९४ मा विश्वकप आयोजना गरेको थियो।
इन्फान्टिनोले युएस डिपार्टमेन्ट अफ जस्टिस (डीओजे) का कार्यालयहरू भ्रमण गरे र अमेरिकी अधिकारीहरूलाई फुटबलमा भ्रष्टाचारविरुद्ध लडाईमा गरेको कामका लागि धन्यवाद दिए ।
उनले भने, ‘जबदेखि म निर्वाचित भएँ, हामीले फिफाको प्रतिष्ठालाई बिगार्ने खराब कामलाई उन्मुलन गर्ने दृढ संकल्प देखाएका छौं ।’
इन्फान्टिनोले बहराइन, इजरायल र संयुक्त अरब इमिरेट्सबीच ह्वाइट हाउसमा सम्पन्न गरिएको सम्झौताको हस्ताक्षर समारोहमा पनि भाग लिएका थिए ।
प्रतिक्रिया 4