Comments Add Comment

युएस ओपन विजेता ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

२ असोज, काठमाडौं । युएस ओपन च्याम्पियन नाओमी ओसाकाले फ्रेन्च ओपन ग्राण्ड्सलाम टेनिस नखेल्ने भएकी छिन् । यही सेप्टेम्बर २७ देखि फ्रान्समा सुरु हुने फ्रेन्च ओपन नखेल्ने ओसाकाले बताएकी हुन् ।

शनिबार जापानिज खेलाडी ओसाकाले न्युयोर्कमा भिक्टोरिया अजरेन्कालाई पराजित गर्दै दोस्रो पटक युएस ओपन जितेकी थिइन् । समग्रमा उनको त्यो तेस्रो ग्राण्ड्सलाम उपाधि थियो ।

ओसाकाले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा स्टेटमेन्ट सार्वजनिक गर्दै आफूले फ्रेन्च ओपन नखेल्ने जानकारी गराएकी हुन् । ‘म फ्रेन्च ओपन खेल्न सक्षम हुने छैन,’ उनले लेखेकी छिन् ।

‘मेरो ह्यामस्ट्रिङ अझै दुखिरहेको छ त्यसैले क्ले (माटोको) कोर्टको लागि तयारी गर्न मसँग पर्याप्त समय छैन । यी दुई टूर्नामेन्टहरू मेरो लागि एक अर्काको नजिक आए ।’
२२ वर्षीय ओसाकाले युएस ओपन फाइनलमा अजरेन्कालाई पराजित गर्दा लेफ्ट ह्यामस्ट्रिङमा टेप लागएर लेकी थिइन् ।

ओसाकाले अहिलेसम्म फ्रेन्च ओपनमा तेस्रो चरण पार गर्न सकेकी छैनन् । उनले सन् २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् ।

यस महिनाको सुरुमै विश्व नम्बर एक तथा साविक विजेता खेलाडी एस्ले बार्टीले आफू फ्रेन्च ओपन नखेल्ने बताएकी थिइन् । उनले कोरोनाभाइरस रेस्ट्रिक्सनको कारण प्रतियोगिताबाट नाम फिर्ता लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment