Comments Add Comment

भिक्टोरियामा कोरोना प्रभावित नेपालीलाई सरकारले ५० हजार डलर दिने

सिड्नी / भिक्टोरिया सरकारको बहुसांस्कृतिक कोभिड टास्क फोर्सले यहाँको नेपाली समुदायका लागि ५० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ भिक्टोरिया राज्यमार्फत नेपाली समुदायका उक्त रकम दिने भएको हो ।

शुक्रबार बिहान एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेललगायत भिक्टोरियामा क्रियाशील नेपाली समुदायका नेताहरुलाई पत्र लेख्दै मल्टिकन्चरल कोभिड टास्क फोर्सले छिट्टै एनआरएन भिक्टोरिया सङ उक्त रकम सहयोग गर्नेबारे सम्झौता गरिने बताएका छन् ।

भिक्टोरियाका लागि नेपाली महाबाणिज्यदूत चन्द्र योन्जनले अनलाइनखबरसँग कुरा गर्दै भने – यहाँको समुदाय मिलेर समस्यासँग लडिरहेको छ । सरकारबाट पनि नेपाली समुदायलाई दु:खमा संयसक्क्त सहयोग प्राप्त हुनु खुसीको कुरो हो ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशब कँडेलले आफूलाई मल्टिकल्चरल कोभिड टास्क फोर्सबाट उक्त खबर प्राप्त हुँदा आफू निकै खुसी भएको बताए ।

उनले एक हजार एक सय नेपालीले सहयोगका लागि आबेदन गरेका र उनीहरुलाई क्रमश सहयोग गरिने बताए । साथै उक्त रकम कोरोनाबाट प्रभावितहरुको भलाइका लागि सदुपयोग गरिने बताए ।

अस्ट्रेलियामा कोरोनाबाट भिक्टोरिया राज्य सबैभन्दा बढी प्रभावित भएको छ । अहिलेसम्म अन्य सबै राज्यले सीमा बन्द गरेका छन ।

शुक्रबारसम्म अस्ट्रेलियामा जम्मा २६ हजार ८ सय ६१ जनामा कोरोना सन्क्रमण देखिएकोमा भिक्टोरियामा मात्रै २० हजार १२ जनालाइ संक्रमणा भएको छ । अस्ट्रेलियामा २३ हजार ८ सय ५० जना निको भैसकेका छन भने ८३७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment