Comments Add Comment

१३औं संस्करणको आईपीएल आजदेखि युएईमा, मुम्बई र चेन्नाई उद्घान खेलमा भिड्दै

३ असोज, काठमाडौं । विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करण आजदेखि युएईमा सुरु हुँदैछ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण भारतमा पनि संक्रमणको संख्या बढिरहेकाले यस पटक आईपीएल युएईको तीन मैदानमा गर्न लागिएको हो ।

यस सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किङ्स भिड्दैछन् । यस खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

खेल शेख जायद स्टेडियममा हुनेछ र दुवै टवली नयाँ सिजनमा सुखद सुरुवात गर्ने योजनामा छन् । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।

दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्ला पाँच खेलमा मुम्बई अपराजित छ । गत सिजनको रोमाञ्चक फाइनलमा मुम्बइले चेन्नाईलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस सिजन कोरोना महामारीले गर्दा दर्शकविनै आईपीएल हुनेछ । यस्तै भारत र चीनको सीमा विवादपछि चिनियाँ मोबाइल कम्पनी भिभो मुख्य प्रायोजकबाट हटेको छ र ड्रिम ११ नयाँ मुख्य प्रायोजक बनेको छ ।

आईपीएलमा मुम्बई र चेन्नाईसहित कोलकता नाइट राइडर्स, रोएल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, किंग्स ११ पञ्जाव र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नम्रताको स्टाइल

Advertisment