Comments Add Comment

बोर्डिङ स्कूलका तीन हजार शिक्षक वेरोजगार

३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक-कर्मचारीको रोजगारी गुमेको छ ।

गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय र अतिरिक्त क्रियाकलाप पढाउँदै आएका शिक्षकहरू बढी निष्कासनमा परेका छन् ।

अधिकांश शिक्षक कर्मचारीहरूले पछिल्लो ६-७ महिनादेखि तलब नपाईरहेको थापा बताउँछन् । केही बोर्डिङहरूले पनि निश्चित प्रतिशत तलब उपलब्ध गराउँदै आएका छन् । महँगो शुल्क लिने र लकडाउनको समेत शुल्क असुलेका ठूला बोर्डिङले नै तलब दिन आनाकानी गरिरहेको इस्टुले जनाएको छ ।

चैतमा लकडाउन सुरु भए पनि शिक्षकहरू उत्तरपुस्तिका जाँच्ने, परीक्षाको नतिजा तयार पार्ने, अनलाइन कक्षाको तयारी आदि जस्ता विद्यालयकै काममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment