Comments Add Comment

आगामी पाँच दिनसम्म भारी वर्षा हुने

४ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment